२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

माधव नेपालसँग पुगे वामदेव गौतम

Bamdev Gautam Meets with Madhav Nepal

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले) का पुराना नेता वामदेव गौतमले भेटेका छन् ।

अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन् । नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।

 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस