२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज मंगलबार सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस