२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

बालक सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, भाइरल प्रवृत्तिले असर पुर्याएको ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन् ।

ओलीले सचिन एक प्रतिभाशाली बालक भएको उल्लेख गरेका छन् । त्यस्तै, पारिवारिक बेमेल र सामाजिक सञ्जालकाे भाइरल प्रवृत्तिले असर पुर्याएकाे घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर प्रतिक्रिया दिनुपर्ने उनले बताएका छन् ।

‘एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ’, उनले लेखेका छन्, ।

 

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस