२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नाकाबन्दीमा ओलीले लिएको अडान र देखेको सपना अब पूरा, नेपालमै पेट्रोलियम पदार्थ उत्पादन

काठमाडौं । भारतको नाकाबन्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडान र देखेको सपना अब पूरा हुने भएको छ । अब नेपालमै पेट्रोलियम पदार्थ उत्पादन हुने भएको हो ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतले नाकाबन्दी लगाएको थियो। पेट्रोलियम पदार्थको हाहाकार भएको बेला ओलीले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने चीनसँग सम्झौता गरेका थिए।

सो अनुसार चीन सरकारको सहयोगमा दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खनन र प्रशोधनको कामलाई अघि बढाउने सरकारले बताएको छ।

 

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस