२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

जापानको दक्षिणपश्चिममा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको देशको मौसम विज्ञान एजेन्सीले सोमबार जनाएको छ।

स्थानीय समय अनुसार राति ९ः१९ बजे भूकम्प गएको केही समयपछि दक्षिणपश्चिमी टापु क्युशुमा रहेको मियाजाकी प्रान्त, साथै नजिकैको कोची प्रान्तमा सुनामी चेतावनी जारी गरिएको छ।

क्षतिबारे कुनै स्पष्ट जानकारी आइसकेको छैन।

जापान प्रशान्त बेसिनमा ज्वालामुखी र फल्ट लाइनहरूको चाप ‘रिंग अफ फायर’ मा अवस्थित भएको कारणले बारम्बार भूकम्प जाने गरेको छ। एपी

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस