२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्राधिकरणले बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काट्यो !

३ माघ, काठमाडौँ । बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा ७२ करोड बढी बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको हो ।

गत पुस २ गतेदेखि २८ गतेसम्म आइपुग्दा प्राधिकरणले ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका बक्यौता बाँकी रहेका १९ हजार २३२ ग्राहकको लाइन काटेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै लाइन मधेश प्रदेश प्रादेशिक कार्यालय जनपुरमा ६ हजार ३६८ साना ग्राहकको लाइन काटिएको छ । सो कार्यालय मार्फत १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता बाँकी छ । यस्तै, कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरले पनि ३ हजार २९१ ग्राहकको लाइन काटेको हो । सो कार्यालय मार्फत उठ्न बाँकी बक्यौता ३ करोड ५९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

#प्राधिकरण

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस