काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो ।
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । घटना हो, पुस २६ गते शुक्रबारको । यो घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार [माघ ३ गते] कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमालन घिसिङलाई जसरीपनि निकाल्न कोसिस गरिरहेका छन् । मन्त्रीको कार्यकक्ष नै प्राधिकरणमा बनाउँनेदेखि बारम्बार स्पष्टिकरण सोध्नेका काम उनले गरेका छन् ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार

