२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ओलीलाई टक्कर दिन खुल्यो भीम रावलको पार्टी, के नाम राखे हेर्नुहोस् ?

काठमाडौं । पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री डा. भीम रावलले आफ्नो नयाँ पार्टी निर्माणको प्रक्रिया सार्वजनिक गरेका छन्, जसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्छ। डा. रावलले पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ राखेका छन्।

उनको पार्टीको संरचना र अवधारणा अनुसार, यसले वडादेखि केन्द्रसम्म संगठन निर्माण गर्ने योजना बनाएको छ। प्रत्येक तहमा भेला आयोजना गरेर १५ देखि २५ सदस्यीय समितिहरू गठन गरिनेछन्। यसले पार्टीको शक्ति र संरचना मजबुत बनाउनका लागि रणनीतिक कदमहरू उठाउनेछ।

नेकपा एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुहारी खेल्न खोज्दा रावलको पद धरापमा परेको थियो। त्यसपछि निरन्तर ओलीविरुद्ध बयानबाजी गर्दै आएका रावलको यो कदम ओलीलाई नै चुनौती दिन गरिएको धेरैको दाबी छ। रावलको दलले आउँदो ८४ मा के कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी छ।

डा. रावलको नयाँ पार्टीले आगामी राजनीतिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने आशा गरिएको छ, र यो कदम ओलीका लागि ठूलो चुनौती बन्ने संभावना पनि व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस