२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यदि सैफले बीचमा हस्तक्षेप नगरेको भए… करीनाले मुम्बई प्रहरीलाई बयानमा के–के खुलाइन् ?

Kareena Kapoor, who was born in Hindu religion, married a Muslim, now became a Christian!

काठमाडौं । मुम्बई प्रहरीले बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको अनुसन्धान गरिरहेको छ । यसै क्रममा, अभिनेत्री तथा सैफकी श्रीमती करिना कपुरले बान्द्रा प्रहरीलाई आफ्नो बयान दिएकी छिन् । करीनाले सैफले आक्रमणकारीको साहसपूर्वक सामना गरेको र महिलाहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिएको बताएकी छिन्।

करिनाको बयान
करिनाले प्रहरीलाई भनिन्, जब आक्रमण भयो, सैफले महिलाहरू र बालबालिकालाई भवनको १२ औं तलामा पठाए। जहाँ मेरा बच्चाहरु र हेरचाह गर्ने महिलाहरु सुतिरहेका थिए । उनले थप भनिन्, सैफले महिलाहरू र बालबालिकालाई बचाउन प्रयास गरे। सैफले हस्तक्षेप नगरेको भए, आक्रमणकारी हाम्रो कान्छो छोरा जहाँगीरसम्म पुग्न सक्थ्यो ।

करिनाले यो पनि स्पष्ट पारिन् कि आक्रमणकारीले घरबाट केही चोरेन, तर उ निकै आक्रामक थियो । करिनाका अनुसार आक्रमणकारीले सैफमाथि बारम्बार हमला गरेको थियो । घटनापछि आफू अत्यन्तै त्रसित भएकाले आफ्नी दिदी करिश्माको घरतर्फ दौडिएको बताइन्। आक्रमण रोकिएर आक्रमणकारी भागेको थाहा पाएपछि आफू र छोरा भएर अस्पताल पुर्याएको उनको दाबी छ । यो घटनाले सैफको बहादुरी र परिवारप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस