२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विश्वका धनी मान्छेले खुलाए ठूलो संख्यामा अवसर, चाहिँदैन कुनै योग्यता-कसरी दिने आवेदन?

Elon Musk

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले आफ्नो कम्पनीमा काम गर्ने अवसर दिएका छन्, जहाँ कुनै विशेष डिग्रीको आवश्यकता छैन। मस्कले आफ्नो “एभरिथिङ एप” को लागि उत्कृष्ट सफ्टवेयर इन्जिनियर खोजिरहेका छन्। उनले एक्स ह्यान्डल मार्फत यस बारेमा जानकारी दिएका छन्।

मस्कले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुनै विशेष डिग्रीको आवश्यकता नभएको र ठूला कम्पनीमा काम नगरेको भए पनि राम्रो हुने बताएका छन्। उनले भने: “यदि तपाइँ एक हार्डकोर सफ्टवेयर इन्जिनियर हुनुहुन्छ र यो सबै गर्ने एउटा एप बनाउन चाहनुहुन्छ भने, कृपया तपाइँको उत्कृष्ट काम code@x.com मा पठाएर हामीसँग सामेल हुनुहोस्। तपाइँले कहाँ पढ्नुभयो वा ‘तपाईं स्कूल जानुभयो वा होइन वा कुन ‘ठूलो नाम’ कम्पनीमा तपाईंले काम गर्नुभयो, हामीलाई तपाईंको कोड देखाउनुहोस्।”

मिडिया रिपोर्टअनुसार, मस्कले सामाजिक सञ्जाल मार्फत यस्तो अफर गरिसकेका छन्। यो प्रस्ताव उनको महत्वाकांक्षी “सबै एप” X को नयाँ रूपका लागि हो, जसले चीनको वीच्याटजस्तै बहुउद्देश्यीय उपकरण बन्ने लक्ष्य राखेको छ। यो एपले भुक्तानी, सन्देश, स्ट्रिमिङ, र ई-कमर्स जस्ता सेवाहरूलाई एकीकृत गर्नेछ।

एलोन मस्कको बारेमा हरेक दिन नयाँ चर्चा रहन्छ। हालैको एक अन्तर्वार्तामा उनले आफ्नो फोन दिनमा एक मिनेट मात्र प्रयोग गर्ने बताए, जसले उनको व्यस्त जीवनशैलीको एक अनौठो पक्ष देखाउँछ।

 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस