२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

विप्लवको मिशन–८४ : आलु चिन्ह लिएर चुनावमा जाने

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी २०८४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने घोषणा गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गर्दै उनले निर्वाचनमा भाग लिने तयारी भइरहेको बताएका छन्। उनले अबको केही दिनभित्रै निर्वाचन आयोगमा निवेदन दिने पनि बताएका छन्।

महासचिव विप्लवका अनुसार अहिले चुनाव चिन्ह के लिने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको छ। आलु चुनाव चिन्ह राख्ने प्रस्ताव पनि आइरहेको छ। नेकपाले सामूहिक खेती गरेर थुप्रै आलु उत्पादन गरेको र सबै जनताको घरघरमा आलु पाक्ने भएकाले उक्त चुनाव चिन्हका लागि प्रस्ताव आएको विप्लवले बताए।

‘रमाइला रमाइला सुझावहरू पनि छन्। एउटा कमरेडले भने, “धेरै आलु खेती गरेको हुनाले आलु राखौं दाइ, भान्सामा पाक्छ, सबैले चिन्छन्।” तर फेरि आलु भनेपछि के हुन्छ भन्ने पनि हो। जनताले चिन्ने, सजिलै बुझ्ने चिन्ह हामी लिन्छौं,’ उनले भने।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस