२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पूर्व डीआईजी जोशीलाई हिरासत पठाइयो

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ। अदालतमा पेशी नसकिने कारण उनलाई परिसर हिरासतमा राखिएको हो। भोलि पुनः अदालतमा उपस्थित हुनेछन्।

जोशीविरुद्ध संगठित ठगीको आरोपमा मुद्दा दायर गरिएको छ। यसअघि कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका जोशीलाई ३९ प्रतिवादीसँग मिलेर ६९० बचतकर्ताबाट १ अर्ब १९ करोड हिनामिना गरेको आरोप छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा अन्य आरोपितहरू जस्तै सुनिता नेवा र कमल लामा धरौटी बुझाएर रिहा भएका छन्। पूर्वगृहमन्त्री रवि लामिछानेले पनि ६० लाख धरौटी बुझाएर रिहा भए।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस