२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

उद्धव थापालाई गाडी सुविधा दिने कोशी सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । कोशी प्रदेश सरकारले नेपाली कांग्रेसका नेता उद्धव थापालाई गाडी, चालक र इन्धन सुविधा दिने निर्णय गरेको थियो ।

तर उच्च अदालत विराटनगरले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। थापालाई यो सुविधा दिने निर्णयको विरुद्ध रिट दायर भएको थियो। अदालतको इजलासले निर्णयलाई अस्थायी रूपमा रोकेको छ। रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । प्रदेश सरकारको यो निर्णयको सर्वत्र विरोध भएको थियो।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस