२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

मध्यरातमा गयो भूकम्प, ६.२ रेक्टर स्केलको धक्काले ताइवान पूरा हल्लियो

ताइपेइ/बेइजिङ । मङ्गलबार राति १२:१७ बजे (बेइजिङ समयअनुसार) चीनको ताइवानस्थित ताइनान शहरमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु २३.२४ डिग्री उत्तर अक्षांश र १२०.५१ डिग्री पूर्व देशान्तरमा १४ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको झट्का राजधानी ताइपेइमा पनि १० सेकेन्डभन्दा बढी महसुस गरिएको थियो। झट्कापछि थुप्रै पराकम्पनहरू आइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

स्थानीय मिडियाका अनुसार ताइनानमा भूकम्पका कारण एउटा घर भत्किएको छ। उक्त घरमा फसेका दुई जनाको उद्धार प्रयास भइरहेको छ। यस भूकम्पका थप विवरणहरू आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस