२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पले तोडे परम्परा : शपथमा बाइबलमा हात राखेनन्, भिडमा कलम फ्याँके

Donald Trump sworn in as 47th President of the United States

न्यूयोर्क । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपति पदको शपथ ग्रहण गर्दा परम्परा तोड्दै बाइबलमा हात राखेनन्। ट्रम्पले शपथ ग्रहण गर्ने बेलामा उनले एक हात माथि उठाए भने उनको छेउँमा पत्नी मेलानिया दुई हात बाँधेर उभिइरहिन् । १७८९ मा जर्ज वाशिङ्टनले सुरू गरेको यो परम्परा यसअघि जो बाइडेनले पनि निरन्तरता दिएका थिए।

शपथ समारोह हलभित्र जाडोका कारण आयोजित गरियो। शपथपछि ट्रम्पले बाइडेन प्रशासनका ७८ कार्यकारी आदेश रद्द गरे। ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका कलमहरु समर्थकहरुको भिडमा फ्याँकेका थिए । कार्यक्रमपछि ट्रम्पले समर्थकहरूलाई क्यापिटल वन एरिनामा सम्बोधन गरे।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस