२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

ट्रम्पलाई प्रधानमन्त्री ओलीले दिए बधाई : भने, तपाईंसँग काम गर्न उत्सुक छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत बधाई दिएका हुन्।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’

प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरिएको छ। यस कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धको विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस