२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा, विश्व अर्थतन्त्रमा सुधारको गुल्जार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहणसँगै उनले रसियाली राष्ट्रपति पुटिनसँग वार्ता गर्ने तयारी गरेका छन् । मध्यपूर्वमा युद्धविराम गराएर शान्ति कायम गरेका ट्रम्पले युक्रेन युद्धलाई पनि उच्च प्राथमिकतामा राखेका छन्।

अमेरिकी सहयोग बन्द भएमा युक्रेनले आत्मसमर्पण गर्नुपर्ने अवस्था आउने विश्लेषण गरिएको छ। ट्रम्पले बाइडेनका ७८ निर्णय खारेज गर्दै नयाँ नीतिहरु लागू गरेका छन् । जसले विश्व अर्थतन्त्रलाई सुधार्ने संकेत गरेको छ।

युक्रेन युद्ध र अन्य द्वन्द्वले कमजोर बनेको विश्व अर्थतन्त्रलाई पुनः सुदृढ बनाउन ट्रम्पले पहल गर्ने अठोट व्यक्त गरेका छन्। ट्रम्पको यो कदमलाई अन्तर्राष्ट्रिय मञ्चले सकारात्मक रुपमा लिएको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस