२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धरानलाई खानेपानी माग्दै सिंहदरबार छिरे मेयर हर्क साम्पाङ, रित्तो गांग्री प्रहरीले खोस्यो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले काठमाडौंमा छन्। धरानका लागि खानेपानीको व्यवस्थाको माग गर्दै उनी आज सिंहदरबारमा पुगेका हुन्। साम्पाङले खानेपानी मन्त्रीसँगै प्रधानमन्त्रीलाई भेटेर खानेपानी र पाइपलाइनको व्यवस्थाबारे कुराकानी गर्ने प्रयास गरेका छन्।

साम्पाङले श्रमदान भन्दै खानेपानीको वैकल्पिक व्यवस्थाको अभियान केही समय चलाएका थिए। साम्पाङको उपस्थितिलाई मध्यनजर गर्दै सिंहरदरमा प्रहरीको संख्या बढाइएको छ। उनले सामानिक संजालमा खाली गांग्री बोकेर काठमाडौंमा पानी माग्न जाने उल्लेख गरेका थिए। तर गांग्री प्रहरीले गेटमा नै खोसेको छ ।

 

 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस