२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रचण्डले देशद्रोही काम गरेका छन्, देश छोड्नुपर्छ : एमाले नेता थापा

काठमाडौं । नेकपा एमाले नेता एवं सांसद सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशद्रोहीको संज्ञा दिएका छन्।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रचण्डले देश छोड्नुपर्ने बताए ।

उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले भन्दैमा राजीनामा नदिने स्पष्ट पारे।
थापाले प्रचण्डलाई अपराधी र नेपालविरोधी गतिविधिमा संलग्न भएको गम्भीर आरोपसमेत लगाए।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस