२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

जसले साथ दिन्छ उसैलाई धोका दिने प्रचण्डलाई केपी ओलीले लात्ताले हानेर लखेटे – उपेन्द्र यादव

Jaspa President Upendra Yadav returned from India

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूलाई सिध्याउन सबैले मिलेर प्रयास गरेपनि त्यसलाई निस्तेज पार्न सकेकोमा गर्व महसुस भएको बताएका छन्।

एक टिभीको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डलाई संकटमा साथ दिएको स्मरण समेत गरे । यादवले भने, प्रचण्डले जसलाई साथ दिए, त्यसैलाई धोका दिए । बैद्य, माधव, शेरबहादुर र केपी ओलीलाई धोका दिएजस्तै हामीलाई पनि पिठ्युँमा छुरा रोपे। उनलाई साथ दिनेहरू जहिले धोका पाउँछन्।

उनका अनुसार प्रचण्डकै कारण माओवादी नेतृत्वप्रति जनताको विश्वास घटेको छ। प्रचण्डले जसपा फुटाएको स्वयमले गर्वसाथ स्वीकारेको यादवको आरोप छ । उनले प्रचण्डले धोका दिएपछि ओलीले लात्ताले हानेर खेदेको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस