काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको समाचारको खण्डन गरेका छन्। सामाजिक सञ्जालमा महरले भनें, उच्च अदालत पाटनले आफूविरूद्ध पक्राउ पुर्जी जारी नगरेको र तीन रिटमध्ये दुई खारेज गरी एकमा प्रक्रिया पुर्याएर निर्णय गर्न आदेश दिएको बताए ।
उनले खबरलाई भ्रामक बताउँदै आफ्नो विपक्षमा समाचार प्रचार नगर्न अपील गरे। पीडित महिला रश्मिलाकुमारी धामीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्दा अदालतले एक रिटमा प्रहरीलाई मिलाएर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशको पूर्ण पाठ आएपछि कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय लिने प्रहरी अधिकारीले जनबोलीलाई बताएका छन् ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार

