२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनसेलको सुरु भयो दुर्गती : ३ महिनामा गुमायो २ लाख ५४ हजार ग्राहक

काठमाडौं । एनसेलले तीन महिनामा २ लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार, एनसेलको सक्रिय ग्राहक संख्या घटेर १ करोड ४७ लाख ३७ हजारमा सीमित भएको छ।

नेपाल टेलिकमले भने यही अवधिमा १ लाख ७८ हजार ७२१ नयाँ ग्राहक थप्दै १ करोड ४८ लाख ८ हजार प्रयोगकर्ता बनाएको छ। टेलिकमको बजार हिस्सा ५१ प्रतिशत पुगेको छ भने एनसेलको ४९ प्रतिशतमा खुम्चिएको छ।

रिचार्ज भ्यालिडिटी घटाउने एनसेलको नीतिले असन्तुष्टि बढाई बहिष्कार अभियान चलेकाले ग्राहक घटेको अनुमान गरिएको छ। पछी, एनसेलले यो नीति फिर्ता लिँदै भ्यालिडिटी नेपाल टेलिकमकै सरह बनाएको छ। उसको शुल्कपनि बढी देखिएपछि ग्राहकहरु अब विस्तारै पूर्ण रुपमा एनसेल छोड्ने मनस्थितीमा पुगेको आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस