काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

