२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

चीनलाई बालेन शाह जसरी अहिलेसम्म कसैले मुख खोल्न समेत सकेका थिएनन्

काठमाडौं । चिनियाँ दूतावासका डिपुटी चिफ अफ मिसन वाङ सिनले काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिभल र चिनियाँ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा विशेष कार्यक्रम गर्न अनुमति मागेका थिए।

तर काठमाडौं महानगरपालिकाले ठमेलमा कार्यक्रम गर्न अस्वीकार गर्दै, चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न सुझाएको छ। महानगरले उक्त क्षेत्र चिनियाँ कम्पनीले अलपत्र छाडेको निर्माण स्थल भएको भन्दै चक्रपथमै कार्यक्रम गर्नुपर्ने प्रतिक्रिया दिएको हो।

चक्रपथको निर्माण कार्य वर्षोंदैखि अधुरो छ। यसअघि महानगरले उक्त क्षेत्रमा चिनियाँ कम्पनीलाई लक्षित गर्दै कुनै काम नगरेको भन्दै बोर्डसमेत राखेको थियो। सोही विषयमा विवाद बढ्दै जाँदा सडक विभागले सार्वजनिक सूचना निकालेको थियो। विरोधस्वरूप महानगरले सडक विभाग कार्यालयअगाडि फोहोर फालेर आक्रोश व्यक्त गरेको थियो।

काठमाडौंको चक्रपथ विस्तारको काम भत्काएर मात्र छोड्दा पानी पर्दा अत्याधिक हिलो र घाम लाग्दा धुलो हुने गरेको छ । यही कारण संसारकै सुन्दर सहर काठमाडौं विश्वको प्रदूषको सूचीमा आउने गर्दछ । यस कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चीन र नेपालको संघीय सरकारसँग निक्कै चिढिएका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस