२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

महेश बस्नेतको दाबी, प्रचण्डले सरकार ढाल्न शेखर कोइरालालाई कांग्रेस फुटाउन उक्साइसके

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस फुटाउन शेखर कोइरालालाई उक्साइरहेको आरोप लगाए। उनले भनें, प्रचण्डले कांग्रेस र एमालेलाई १८ महिना खेलाएका थिए र अब सरकारको नियन्त्रणबाट बाहिर आएपछि उनी देउवा र शेखर कोइरालाबीच फाटो ल्याएर पार्टी फुटाउनका लागि उक्साइरहेका छन्। बस्नेतका अनुसार, प्रचण्डले शेखर कोइरालालाई कांग्रेस विभाजन गरिदिन भनेका छन्।

उनले थपे, माओवादीका १५–१६ र नेकपा एसका ७ सांसद विद्रोह गर्न तयार छन्। यो स्थितिमा माधव नेपाल र जनार्दन शर्मालगायतका नेता प्रधानमन्त्रीको विरोध गर्दैछन्। बस्नेतका अनुसार, प्रचण्डका पार्टीका सांसदहरू विद्रोह गर्न तयार छन् र यो पार्टीको आन्तरिक संकटको संकेत हो।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस