काठमाडौं । अमेरिकामा अवैध आप्रवासीहरूको पक्राउ कार्य झनै तिव्र बनेको छ । हालै २ हजार ४ सय जना सिकागो क्षेत्रबाट पक्राउ गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अवैध आप्रवासीहरूको स्वदेश फिर्ती प्रक्रिया तीव्र भएको हो । जसका लागि सैन्य जहाज पनि प्रयोग गरिएका छन्। २३ जनवरीसम्म १६० जना ग्वाटेमालामा फर्काइएका छन्।
नेपाली अवैध आप्रवासीहरूको संख्या लगभग ३ हजार रहेको र उनीहरू स्वदेश फर्काउने प्रक्रिया आगामी ६ महिनामा सुरु हुने बताइएको छ। यसमा विशेष गरी २०१५ पछि अमेरिका पुगेका नेपालीहरूलाई प्राथमिकता दिइनेछ। अमेरिका लगायतका अन्य देशहरूमा अवैध आप्रवासीहरूका समस्याहरू थप गम्भीर भएका छन् । नेपालका परराष्ट्रमन्त्री र नेपाली दूतावास यस मामिलामा भने चुप छन्।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार

