२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ओलीको प्रचण्डलाई जवाफ: “अब ०६४ को जमाना छैन, कब्जा, त्रास र आतङ्कको समय सकियो”

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ०६४ सालको चुनावसँग जोडेर जवाफ फर्काएका छन्।

दाङमा आयोजित सभामा प्रचण्डले ०६४ सालको चुनाव जस्तै भोट दिए भ्रष्टाचारको जरा उखेल्ने बताएका थिए। सोमबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा ओलीले उक्त बयानप्रति कटाक्ष गर्दै भने, “त्यो जमाना गयो। बुथ कब्जा, त्रास र आतङ्कको समय सकियो। सरकार र प्रशासन निरीह हुने अवस्था अब छैन।”

उनले ०६४ को निर्वाचनमा माओवादीको दबदबाका कारण सरकार र प्रशासन कमजोर बन्नुपरेको स्मरण गर्दै अहिलेको समय फरक रहेको बताए।

 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस