२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

हिउँदे अधिवेशनबारे सत्तारुढ दलले गरे यस्तो निर्णय

काठमाडौँ। सत्तारुढ दलहरूको बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन र कानून निर्माणमा जोड दिन एकजुट हुने निर्णय गरेको छ।

सोमवार बालुवाटारमा बसेको बैठकले १८ गतेदेखि सुरु हुने अधिवेशनमा साझा आवाज उठाउने सहमति गरेको हो। बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई उत्साहित बनाएको र संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एकरूपता देखाउने बताएका छन्।

उनका अनुसार संसद्लाई रचनात्मक र कानून निर्माणको थलो बनाउन सबै दलहरू सहमत छन्। १८ गतेको संसद् बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस