काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले बिहीबार गाजामा हमासद्वारा रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक गरेको छ। जसमा तीन इजरायली र पाँच जना थाइ नागरिकहरू मुक्त गरिने पुष्टि गरिएको छ।
आज हमासले दिएका नामहरूको सूची कतार र इजिप्टका मध्यस्थकर्ताबाट इजरायली प्रधानमन्त्रीको कार्यालयले पाएको हो । सूचीमा समेटिएकाहरुमा अर्बेल येहुड (२९ वर्ष), अगम बर्गर (१९) र गाडी मोसेस (८०) छन् । रिहा गरिन लागेका पाँच जना थाइ नागरिकहरूको नाम भने सार्वजनिक गरिएको छैन।
अक्टोबर ७ को हमलामा हमास र अन्य सशस्त्र समूहहरूले अपहरण गरेका ३३ इजरायली बन्धकहरूलाई मुक्त गर्न इस्राइल–हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गराउने सम्झौताअनुसार छुटकारा दिइएको हो । अहिलेसम्म दुई चरणमा बन्धकहरूको रिहाइ भइसकेको छ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरका अनुसार छुटकारा गरिन लागेका बाँकी आठ जना इजरायली बन्धकहरूको भने दु:खद मृत्यु भएको छ । सम्झौताअनुसार पहिलो चरणमा इजरायलले झन्डै २,००० प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गर्नेछ। हमासले भने रिहा गर्ने भनेका आठ जनाको मृत्यु भएको भनेको छ ।
नेपालका विपिन जोशी भने जिवितै रहेको दाबी उनीहरुको छ । तर अहिले नै रिहा गरिनेको सूचीमा उनको नाम परेको छैन । यो युद्धविरामले अक्टोबर ७ को हमलापछि १५ महिनाभन्दा बढी समयसम्म इजरायली बमबारी खेपेका गाजाका नागरिकहरूलाई राहत दिएको छ। Story Credit : Lauren Izso, CNN

