२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

Opposition Parties Decide to Reject the Ordinance Introduced by the Government

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएकाले विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

बैठकले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउने निर्णय भएको उनले बताए।

सिंहदरबारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी छन्।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस