२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु, के–के छन् कार्यसूचीहरु ?

१८ माघ , मकवानपुर । चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारले पर्याप्त बिजनेसबिनै डाकेको प्रदेशसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा कुनै पनि विधेयक पेस नहुने भएको छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन सुरुवातको शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको छ । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस