२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नवलपुरमा भाषण गर्दा गर्दै बेहोस भएका ३६ बर्षीया वडाध्यक्षको निधन

"36-year-old ward chairperson collapses during speech in Nawalpur and passes away"

रूपन्देही । नवलपुरमा वडाध्यक्षको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका वडा नम्बर १ का अध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको हो । नेकपा एमालेद्वारा गैंडाकोटमा आयोजित एक कार्यक्रममा कुर्सीमा बसिरहेको अवस्थामा उनको निधन भएको प्रहरीले बताएको छ ।

बसिरहेकै कुर्चीमा बेहोस भएपछि चितवनस्थित अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । युवासंघ नवलपुरको १०औं अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राखिसकेर कुर्सीमा बसेका वडाध्यक्ष मिया बेहोस भएका थिए ।

वडाध्यक्ष मियालाई दिउँसो साढे २ बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले जानकारी दिए । एमालेबाट वडाध्यक्षमा निर्वाचित ३६ वर्षका मियालाई उच्च रक्तचाप रहेको र हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस