२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२० माघ , काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।
बैठक प्रचण्ड निवास खुमलटारमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, उमेरहदका कारण संगठनबाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने अभियानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस