काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको आरोपमा प्रदेश सदस्य जंगबहादुर बिकसहित ५ नेतालाई निष्कासन गरेको छ। प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले यो निर्णय गरेको हो। निष्कासित नेताहरूमा लालबहादुर खड्का, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ पनि छन्। सबै अछामका साफेबगर नगरपालिकाका बासिन्दा हुन्।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार

