२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

२२ माघ , मकवानपुर । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बस्ने बैठकको कार्यक्रम र सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक आह्वान गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस