२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकासामु झुकेन चीन, ट्रम्पको भन्दा कडा शुल्क लगायो

चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने घोषणा गरेको छ। मङ्गलबार, चीनले अमेरिकी सामानमा थप १० प्रतिशत भन्सार दर थपेको प्रतिशोधमा यी कदमहरू चालिएको हो। बेइजिङले कच्चा तेल, कृषि मेसिनरी र पिकअप ट्रकजस्ता वस्तुहरूमा पनि १० प्रतिशत भन्सार दर लागू गर्ने जनाएको छ।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शनिबारको ‘एकतर्फी भन्सार दर वृद्धि’ का विरुद्ध आएको हो। चीनले भने, अमेरिकी कदम विश्व व्यापार सङ्गठनका नियमहरूको उल्लङ्घन गर्दै आर्थिक र व्यापारिक सहयोगमा अडचन ल्याउने बताएका छन्।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस