२८ माघ , काठमाडौँ । डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो ।
यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन् । त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ ।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

