२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

‘ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजे’ : इरानी राष्ट्रपति

२८ माघ, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाएका छन् ।
सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको बताए ।

ट्रम्पले हामी वार्ता गर्न चाहन्छौं भन्ने तर इरानी क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गर्नुभएको छ, ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनःस्थापना गरेको उल्लेख गर्दै पेजेस्कियनले भने ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस