२८ माघ , काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक भएको छ ।
वार्तामा सहभागी सांसद उर्मिला थेबेका अनुसार वार्ता सकारात्मक भएको, तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।
उनका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।
‘वार्ता एकदमै सकारात्मक भयो ।
ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् । त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थितिमा वार्ता सुरु भएको जनाइएको छ ।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

