२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ताप्लेजुङमा मोटरसाइकल दुर्घटना : सिंहकाली माविका शिक्षक गणेशमानको मृत्यु

२९ माघ, काठमाण्डौँ । मोटरसाइकलमा ताप्लेजुङबाट धरान जाने क्रममा भएको दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ ।
मेरिङ्देन गाउँपालिका १ थिङ्लाबुको सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत ४४ वर्षीय गणेशमान एभेङ लिम्बू ताप्लेजुङबाट धरान जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतमका अनुसार विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । लिम्बूको शव गाउँमै लगेर अन्त्येष्टि गर्ने तयारी रहेको मेरिङ्देन गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्यमान ओख्राबुले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस