२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीमा हमासले के भन्यो ?

काठमाडौं । हमासका प्रवक्ता सामी अबु जुहरीले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन् कि यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली बन्धकहरूलाई फिर्ता लैजान चाहन्छन् भने, उनले ‘दुवै पक्षले सम्झौताको सम्मान गर्नुपर्छ’ भन्ने कुरा याद राख्नुपर्छ। उनले धम्कीको भाषाको कुनै अर्थ नहुने र यसले मुद्दालाई जटिल बनाउने बताए।

वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि यदि हमासले बन्धक बनाएका सबै नागरिकलाई रिहा नगरे भने इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्छ।

हमासले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै बन्धकहरूलाई रिहा गर्न रोक लगाएको जनाएको छ। हमासको बयानमा उल्लेख छ कि इजरायलले बन्धकहरूलाई रिहा नगर्नु सम्झौताको पूर्ण उल्लंघन हो।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ देखि लागू भएको थियो। त्यसयता हमासले १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरेको छ। बदलामा इजरायलले ५६६ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

 

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस