२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

भारतमा तीर्थयात्रु बोकेको बस भयानक दुर्घटना

"One killed and 12 injured in a bus accident in Sindhuli."

३० माघ , काठमाडौँ । भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन् ।

मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस ठोक्किएको थियो । अन्य केही घाइते भएका छन ।

उनीहरू उत्तर प्रदेशमा चलिरहेको महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए । स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस