२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

सरकारलाई लोसपाको झट्का : तयार रहन मन्त्री भण्डारीलाई निर्देशन

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका छन्।

अध्यक्ष ठाकुरले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गरेपछि मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउने बताएका छन्। बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा उनले सरकारमाथि नैतिक संकट आएको बताए।

उनले भने, “सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट हो।” अध्यक्ष ठाकुरले अध्यादेश ल्याउँदा आफ्नो पार्टीसँग छलफल नगरेको र विरोध गरेको समेत जानकारी दिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस