२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पेट्रोल महँगियो, डिजेल-मट्टीतेल सस्तो (मूल्यसूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ दरअनुसार पेट्रोलको मूल्य १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्य ३ फागुन मध्यरातदेखि लागू हुनेछ। निगमका अनुसार १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५८ पैसा वृद्धि भएको छ भने डिजेल र मट्टीतेलमा ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ।

नयाँ दरअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस