२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज घट्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदीको मुल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस