२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

खानेतेलको मूल्य घट्यो, जिरा २५० रुपैयाँसम्म सस्तो भयो

काठमाडौं । पछिल्लो चार महिनामा जिरा र खानेतेलको मूल्यमा गिरावट आएको छ। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार, असोज र कात्तिक महिनामा प्रतिकेजी ८०० रुपैयाँमा कारोबार भएको गेडा जिरा अब २५० रुपैयाँ कममा कारोबार भइरहेको छ। यस अवधिमा एक हजार १०० रुपैयाँ पुगेको जिराको धुलोको मूल्य ९०० रुपैयाँ पुगेको छ।

साथै, सन फ्लावर तेलको मूल्य प्रतिलिटर २५५ रुपैयाँबाट घटेर २४५रुपैयाँ पुगेको छ। भुटेको तोरीको तेल ४१० रुपैयाँ, काँचो तोरीको तेल २४५ देखि ३२५ रुपैयाँ र भटमास तेल २५० रुपैयाँमा कारोबार भएको छ। ज्वानोको मूल्य प्रतिकेजी ४५० रुपैयाँ कायम भएको छ भने काँचो बदामको मूल्य २०० रुपैयाँ प्रतिकेजी तोकिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस