२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल ‘फोर नेसन्स कप’ को फाइनलमा, लेबनानलाई हरायो

काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा नेपालले लेबनानलाई १–० ले हराउँदै उपाधि होड सुरक्षित गर्यो।

सावित्रा भण्डारी ‘साम्बा’ ले ४२औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो। लेबनानले दुईवटा गोल गर्ने अवसर गुमाएको थियो।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो। बिहीबार म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएपछि नेपाल र म्यानमार समान ६ अंकसहित फाइनलमा पुगेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस