काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन्।
आइतबार रोल्पाको लिवाङमा आयोजित दोस्रो जिल्ला सम्मेलनमा उनले भने, ‘प्रचण्डको चकचक र उपद्रोले आजित भएर कांग्रेस र एमालेले यो सरकार बनाए।’ उनले कांग्रेस–एमाले समझदारीअनुसार सरकार ०८४ सम्म चल्ने र आफूहरूबाट कुनै उपद्रो नहुने जिकिर गरे।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

