२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Today Gold price in Nepal

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो कारोबारको दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएकोमा सोमबार ५०० रुपैयाँ बढेर १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्यपनि सामान्य बढेको छ। आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस