२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बीमा प्राधिकरणमा अयोग्य व्यक्तिको नियुक्ती, ऐनको धज्जी उड्यो

काठमाडौं । मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ बमोजिमको योग्यता नपुगेका शरद ओझालाई नियुक्त गरेको छ। ओझाको शैक्षिक योग्यता (स्नातकोत्तर) भए पनि बीमा क्षेत्रमा पाँच वर्षको अनुभव नभएकोले उनी अयोग्य ठहरिएका छन्। ओझा पत्रकारिता र वकालतमा संलग्न रहेका व्यक्ति हुन् ।

बीमा ऐनको दफा ८ को उपदफा १ बमोजिम अध्यक्षमा नियुक्त हुने व्यक्तिले बीमा क्षेत्रमा उच्च तहमा पाँच वर्ष अनुभव हुनुपर्छ। तर, ओझाले बीमा क्षेत्रमा एक दिन पनि काम गरेका छैनन् । यसले ऐनको धज्जी उडेको छ भने यो निर्णय अदालतमा चुनौती पर्ने र अध्यक्ष पद फेरि खाली हुने सम्भावना छ।

यसअघि पनि भ्रष्टाचारमा संलग्न भएको आरोपमा बर्खास्त भएका पूर्वअध्यक्ष सुर्य प्रसाद सिलवाल पनि ऐन बमोजिमको योग्यता नपुगेका थिए। यसले बीमा प्राधिकरणको नियुक्ती प्रक्रियामा गम्भीर खामी देखाएको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस